दफा ७
साना तथा मझौला व्यवसाय एवं विद्युतीय व्यापार (e-commerce)
११.७.१ विद्युतीय व्यापार (e-Commerce) का साथै सरकारी निकायहरुमा समेत आर्थिक कारोबारलाई प्रभावकारी बनाउन सूचना तथा सञ्चार प्रविधिमा आधारित Online payment सेवा तथा पद्दतिलाई सशक्त बनाउन विशेष कार्यक्रमहरु तर्जुमा गरी लागू गरिनेछ ।
११.७.२ विद्युतीय व्यापार (e-Commerce) को क्षेत्रमा रहेको अवसर तथा चुनौतिको विस्तृत अध्ययन कार्य (National e‐Commerce Readiness Assessment) सम्पन्न गरिनेछ ।
११.७.३ अन्तराष्ट्रिय प्रचलनसंग तादाम्य हुने गरी विद्युतीय माध्यमबाट हुने व्यापारिक कार्यहरुको सम्वन्धमा सहायक कानुनी एवं नियामक प्रारुप (Compatible Legal & Regulatory Framework) तर्जुमा गरिनेछ ।
११.७.४. सूचना तथा सञ्चार प्रविधि एवं विद्युतीय व्यापारको सन्दर्भमा बौद्धिक सम्पत्ति माथिको अधिकारलाई सुनिश्चित गर्न सम्बन्धित कानूनलाई समयानुकूल परिमार्जन गरिनेछ ।
११.७.5 बाणिज्य सम्बन्धी संघ संस्था समेतको सहभागितामा नेपालमा विद्युतीय व्यापार प्रवर्द्धन गर्न विशेष कार्यक्रमहरु तर्जुमा गरी लागू गरिनेछ ।
११.७.६. व्यक्तिगत सूचना, सुरक्षा तथा उपभोक्ता सम्बन्धी सूचनाको गोपनियता सुनिश्चित गर्ने उपायहरु अवलम्वन गरिनेछ ।
११.७.७. सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत मझौला तथा साना उद्योगहरुको उत्पादनशीलता तथा प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि गरिनेछ ।
११.७.८. इन्टरनेट बजार (Virtual Market Place) लगायतका अवधारणाहरु लागू गर्दै निर्यातमुखी साना तथा मझौला उच्योग व्यवसायहरुको अन्तराष्ट्रिय बजार पहुँच सुनिश्चित गरिनेछ ।
११.७.९. सरोकारवालाहरु समेतको सहभागितामा कारोबार (Transaction),, लेनदेन (Clearing) तथा राफसाफ (Settlement) पूर्वाधारहरु समेत समाहित हुनेगरी अनलाईन भुक्तानी पूर्वाधार सेवा (Payment Infrastructure Services) हरुको स्थापना तथा प्रभावकारी संचालन सुनिश्चित गरिनेछ ।